बस दुर्घटनामा परी बेपत्ता भएकाको खोजी कार्य जारी

THANK YOU FOR VISITING OUR SITE .


बस दुर्घटनामा परी बेपत्ता भएकाको खोजी कार्य जारी


काठमाण्डौ,साउन २ । नपलपरासी आइतबार र धादिङमा हिजो भएको सडक दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । दुबै घटनामा गरी २० जनाको मृत्यु भएको छ । दयपुरको कटारीबाट काठमाडौं आउँदै गरेको ना २ ख ४९५१ नम्बरको बस हिजो विहान धादिङको धुषा गाउँ विकास समितिको कृष्णभीरबाट त्रिशुली नदीमा खस्दा १७ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक दर्जन बढी बेपत्ता भएकोमा उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बसमा सवार ५७ यात्रु मध्ये १५ जनाको उद्धार गरिएको छ । मृतक मध्ये नौ जनाको सनाखत भएको छ । दैलेखबाट काठमाडौं आउँदै गरेको बससँग नवलपरासीको सुनवलमा ट्रिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो । मृतक मध्ये कालिकोटका अनन्त अधिकारी र धादिङ नौविसेका पुरनप्रसाद पाठकको सनाखत भएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् ।


Credits