प्रतेक नेपालीको थाप्लोमा १९ हजार ऋण को भार



प्रतेक नेपालीको थाप्लोमा १९ हजार ऋण को भार

एकजना नेपालीको भागमा ऋणको भार झण्डै १९ हजार पुगेको छ ।सरकारले वैदेशिक र आन्तरिक गरि लिएको ऋणको प्रतिव्यक्ति भाग लगाउँदा एकजनालाई १८ हजार ८ सय ६६ रुपैयाँ ८० पैसा ऋणको भार परेको छ ।
गत वर्षप्रति व्यक्ति यस्तो ऋण १३ हजारको हाराहारीमा थियो ।  गत वर्ष प्रतिव्यक्ति यस्तो ऋण १३ हजारको हाराहारीमा थियो ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले तिर्न बाँकी रहेको ऋण ५ खर्ब ९ अर्ब ५० करोड पुगेको छ । यसमध्ये ३ खर्ब ८ अर्ब १० करोड बैदेशिक र २ खर्ब १ अर्ब ५० करोड आन्तरिक ऋण रहेको अर्थमन्त्रालयले जनाएको छ । यो नेपालको कुल गार्हस्थ उत्पादन १५ खर्ब ५८ अर्बको ३२.७ प्रतिशत हुन आउँछ ।
यसैबीच प्रत्येक बर्ष नेपाललाई बैदेशिक सहयोगको प्रतिबद्धता भने बढ्दै गएको छ । अर्थसचिव कृष्णहरी बास्कोटाका अनुसार गत बर्ष नेपाललाई १ खर्ब ७ अर्ब ५६ करोडको बैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो प्रतिबद्धता १ खर्ब थियो भने त्यो भन्दा अघिल्लो बर्ष ९६ अर्बको मात्रै बैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो । सहयोग प्रतिबद्धता बढेपनि सरकारले बैदेशिक खर्चगर्नभने सकेको छैन ।
गत बर्ष ५६ अर्ब ९३ करोडको अनुदान प्रतिबद्धता भएपनि असार अन्तिम साता सम्मको तथ्यांक अनुसार सरकारले ४२ अर्ब मात्रै खर्च गरेको छ भने ५० अर्ब ६२ करोड ऋण प्रतिबद्धता प्राप्त भएकोमा ५ अर्ब मात्रै खर्च भएको छ ।
नेपाललाई सहयोग गर्न देशहरुमा भारत सबैभन्दा अगाडि छ । त्यस्तै चीन, जापान, बेलायत र स्विजरल्याण्ड पनि नेपाललाई धेरै सहयोग गर्ने दातृराष्टमा पर्दछन् । नेपालले सबैभन्दा धेरै ऋण तिर्न बा“की भएका देशहरु भारत र चीन हुन्  ।

Credits