By:Pradeep Bhujel
पछिल्ला केही महिनादेखि राजधानीमा भारतीय नक्कली नोट पक्राउ पर्न थालेका छन्। ठूलो परिमाणमा भेटिने नक्कली नोट अधिकांश त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै नेपाल भित्र्याइंदै गर्दा पक्राउ परेका छन् भने केही स्थल मार्गबाट पनि भित्र्याउने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ।
पाकिस्तानमा छापिने त्यस्ता नोट हवाई मार्गबाट काठमाडौं भित्र्याउने र त्यसपछि स्थलमार्ग हुँदै भारतका विभिन्न सहर पुर्याएर सटही गर्ने गरिएको छ। पछिल्लो समयमा रहरीले नक्कली भारतीय रुपैया सहित एक नेपाली र २ जना पाकिस्तानीलाई काठमाडौको न्युरोडबाट पक्राउ गरेको छ । बाराका बसिर मिया र पाकिस्तानी नागरिक सोहिम मोहम्मद र मोहम्मद मि मुल्लाहलाई नक्कली भारतीय रुपैया २९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ परेको महानगरीय प्रहरी परिसर हनुमानढोकाका डिएसपी धिरजप्रताप सिंहले जानकारी दिए । उनीहरु न्युरोडको होटल क्लासिकबाट पक्राउ परेका र घटनाबारे थप अनुसन्धान भइरहेको सिंहले जानकारी दिएका छन ।