खुट्टा तानिएका असल प्रधानमन्त्री डा. बाबुराम भट्टराइ

By:Pradeep Bhujel

खुट्टा तानिएका असल प्रधानमन्त्री डा. बाबुराम भट्टराइ










प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो नीति तथा कार्यक्रम नै लागू गर्न नपाएकाले सरकार १ वर्ष पूरा हुँदा पनि सोचे अनुसार काम हुन नसकेको बताएका छन्। ‘प्रधान मन्त्री भएर एक वर्ष अरुले नै ल्याएको बजेट तथा नीति कार्यक्रम लागू गरेँ,’ उनले भने, ‘आफ्नो नीति तथा कार्यक्रम र बजेट चै ल्याउन दिएनन्। ‘व्यावसायिक पत्रकारिता अध्ययन केन्द्र (सिपिजेएस)ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले भने, ‘जनताले म अर्थमन्त्री हुँदा धेरै सकारात्मक रुपमा हेरेका थिए। अहिले प्रधान मन्त्री हुँदा उनीहरु निरास छन्।’
प्रधानमन्त्री भट्टराईले आफू अहिले ‘क्राइसिस म्यानेजमेन्ट’ गर्ने भूमिकामा मात्र रहेको बताए। मुलुकको आर्थिक वृद्धिका लागि जलविद्युत क्षेत्र निर्विकल्प भएको भन्दै उनले एउटा पक्षलाई निर्माण दिए अर्को विरोधी भएर उत्रने प्रवृति रहेको बताए। ‘र, उनीहरु आफ्नो पक्षमा भएन भने राष्ट्रियताको विषय उचालेर यसको विरोध गर्छन्,
सडकमा चक्का जाम गरिन्छ भने दोस चक्का जाम गर्नी को कि सवारी चालकको ? एदी सवारी साधनमा पखेटा हाल्न मिल्ने भैदेको भए प्रधान मन्त्रि डा बाबुराम भट्टराइले उडाएरै भएपनि देशलाई गन्तब्यमा पुर्याउथे होला .
शान्ति संविधान र निमुखा जनतालाई राहात दिन तीन प्रमुख एजेण्डाका साथ डा बाबुराम भट्राईले सत्ता समालेको आज एक बर्ष पुरा हुदै छ ।
भट्टराई सरकार र वर्ष दिनको समीक्षा
नेपालका भ्रस्टचारी हरुले जतिनै दुःख जनतालाई दिएका भएपनि त्यही माओवादीभित्रका एक जना व्यक्तिबाट भने आम जनताले भरपूर आश गरेका थिए । विपक्षी दलको चर्को बिबादको कारण निर्देशन कार्यान्वयन भएका छैनन् । उनले बेलाबेला भनेका र निर्देशन दिएका केही उदाहरण यस्ता छन् :
1. जनताको कुरा प्रतछ्य सुन्न हेलो सरकार र जनतासंग मनको कुरा कार्यक्रम पनि सुरु गरे . तर बिपछि दलका कार्यकर्ताहरुले सहयोग गर्नको साटो फोनबाट सरकारको खिल्ली उडाउने काम मात्रै गर्यो
2. घुसिया नेता हरुलाई एक एक गरेर मामाघर पठाउन सफल भए र भर्खरै मात्रै भ्रष्टाचारको अभियोगमा धनुषामा १८ जना कर्मचारी निलम्बन गराउन सफल भए ।
3. रात्रि बस सुचारु गरेर धेरै राम्रो काम गरे
4. काठ्मान्डुमा आगो लाग्यो भने दमकल लाने बाटो पनि छैन र भुइचालो गयो भने एम्बुलेन्स कुना काप्चाको गल्लि सम्म पुग्न पनि सक्दैन. एस्तो अवस्तामा बाटो चौडा बनाउने काम सुरु गरेर सारै राम्रो गरे
5. चितवनका चेपांगहरुलाई राहत वितरण गरे र ऐले ती चेपांगहरुले बाख्रा पालन काम सुरु गरेका छन्
6. दलहरुको सत्ताको हारालुछको कारण न शान्ति प्रकृया पूरा भयो, न संविधान । भट्टराई अझै सरकारको नेतृत्वमा छन् ।
7. पोहोर दशैंको मुखमा प्रधानमन्त्री भट्टराईले काठमाडौंबाट बाहिरी जिल्लाहरुमा जाने गाडीले टिकटमा कृत्रिम अभाव देखाउँदै भैरहेको कालोबजारी रोक्न निर्देशन दिए । उनले ठगी गर्नेलाई कार्वाही गर्न पनि भने । सार्वजनिक गाडी ब्यस्त हुनेबेला दशैंदेखि तिहारसम्मै भएपनि सार्वजनिक गाडीमा अनुगमन भयो । धेरैलाई कार्वाही भयो र धेरैलाई सचेत पनि बनायो ।
8. अशोज १५ मा प्रधानमन्त्रीले राजमार्गका होटलहरुमा बासी, सडेगलेको र फोहोर खाना खुवाएर यात्रुहरुबाट बढी पैसा असुलेको गुनासो आएपछि त्यस्ता होटलको तत्काल निरीक्षण र अनुगमन गरी कार्वाही गर्न निर्देशन दिए । केही दिन अनुगमनको काम पनि भयो तर प्रधान मन्त्रीले मात्रैले घुडा धसेर केहि हुन सकेन तर जे होस् धेरै लाई सचेत बनायो .
9. यस्तै अशोजदेखि नै प्रधानमन्त्री राजधानीको ट्राफिक व्यवस्थापन चुस्त बनाउन पनि ट्राफिक प्रहरी र यातायात व्यवस्था मन्त्रालयलाई पटकपटक निर्देशन दिए । उनले तत्कालिन र दीर्घकालिन योजना बनाउन पनि भने । प्रधानमन्त्रीको निर्देशनसँगै मापसे जाँच, आकाशे पूलको प्रयोगमा सचेतना, सडक विस्तार लगायतका काम पनि भए । सडक विस्तारको कामले चाहिं निरन्तरता पाइरहेको छ ।
10. जनताका समस्या सुन्ने र उतिखेरै सम्बोधन गर्ने भनेर प्रधानमन्त्रीले अशोज २८ देखि हेलो सरकार कार्यक्रम पनि शुरु गरे । २४ सै घण्टा खुल्ला हुने हेलो सरकारमा समस्या र गुनासाका चाङ पनि लागेका छन् ।
11. मंसिर ५ मा प्रधानमन्त्रीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिभिन्न सरकारी संस्थानका महाप्रबन्धक तथा मन्त्रालयका सचिवहरुलाई जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिए ।
12. पुसमा प्रधानमन्त्रीले काठमाडौमा सडक विस्तारको काम सम्पन्न गर्ने र भत्काइएका सडक पक्की बनाउने बताएका थिए ।
13. चैतको अन्तिम हप्ताबाट सफा काठमाडौं, हाम्रो काठमाडौं अभियान शुरु भयो । प्रधानमन्त्रीले नै हातमा कुचो र साबेल बोकेर सडक सफा गरे । बागमती नदीमा खुट्टा डुबाएर फोहोर निकाले । अलिदिन यो कार्यक्रमले तामझाम सहित निरन्तरता पायो । तर यो अभियानमा बिपछि दलहरुले साथ् दिन सकेनन ।
14. संविधान नबनाईकन संविधानसभा बिघटनपछि विपक्षी दलहरुले सत्ता छोड्न दबाब दिइरहेको बेला प्रधानमन्त्रीले जेठबाट अर्को अभियान शुरु गरे । हरेक महिना गाउँ जाने र उतै बास बसेर जनताका कुरा सुन्ने यो अभियान अन्तर्गत उनले काठमाडौं, भक्तपुर र चितवनका वस्ती घुमिसकेका छन् । मल, सिंचाई, शिक्षा, स्वास्थ्य लगायतका समस्या समाधान गर्ने आश्वासन पनि दिएका छन् । चितवनका चेपांगहरुले बाख्रा पालन पनि सुरु गरि सकेका छन् ।
15. पछिल्लो पटक प्रधानमन्त्रीले यही भदौ ५ गते बजार अनुगमन, मूल्य नियन्त्रण र अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन लगत्तै सरकारी निकाय यतिखेर तातिएर लागेका छन् ।
प्रधानमन्त्री भट्टराईको दौडधूप देख्दा उनले जनताको लागि केही गर्न खोजेको देखिन्छ । तर उनको खुट्टा तानिएको छ ।