विभिन्न शैक्षिक संस्थाको नक्कली प्रमाण पत्र बनाउने एवं सरकारी कागज किर्ते गर्ने श्याम किशोर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सप्तरी हरिहरपुर–२ घर भर्इ काठमाडौं १५ वनस्थली बस्ने ३२ वर्षीय चौधरीलाई सोमबार पक्राउ गरेको हो ।लामो समयदेखि शैक्षिक संस्थाको प्रमाण पत्र, सरकारी कागजातहरु किर्ते, लगायतका गैर कानुनी क्रियाकलाप गर्दै आएका उनीले एउटा सर्टिफिकेट बनाए बापत ५ हजार वा सो भन्दाबढी लिने गरेको प्रहरीले बताएको छ
नक्कली प्रमाण पत्र बनाउने चौधरी पक्राउ