बेपत्ता भएका आफ्ना आफन्तको सास नभए लास भएपनि उपलब्ध गराईदिन वेपत्ता पिडित परिवारले सरोकारवाला निकायसँग माग गरेका छन् । सरकारले बेपत्ता परिवारलाई न्याय दिने खालको नीति ल्याउन नसकेकै कारण वेपत्ता परिवारले प्रयाप्त राहतको महसुस गर्न नसकेको बेपत्ता परिवारले आरोप लगाएका छन् ।