निकै विवाद र रस्साकस्सीका विच प्रहरी संगठनमा इमान्दार, सोझो र ब्यबसायिक छवि बनाएका राना नेपाल प्रहरीको २३ औं महानिरिक्षक वन्न सफल भएका छन् । तेह्र महिनाको कार्यकाल सम्हाल्न दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनी नेपाल प्रहरीको उच्च पदमा पुग्न सफल भएका हुन् । प्रहरी महानिरीक्षकको दौडमा अतिरिक्त महानिरीक्षक भिष्म प्रसाई र नवराज ढकाल पनि सहभागि थिए । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारविच नयाँ महानिरिक्षक बनाउने बारेमा कटाक्ष भएपनि बरिष्ठताका आधारमा रानालाई नै प्रहरी प्रमुख बनाउने भट्राईको अडानले मुर्तरुप पाएपछि राना महानिरिक्षकमा वढुवा हुन् सफल भएका हुन् । गृहमन्त्री विजयकुमार गच्छदारले तेस्रो वरियताका प्रसाई र त्यो नभए ढकाललाई बनाउनुपर्ने अडान लिदै आएका थिए । तर प्रधानमन्त्री भट्राईले राना नै हुनुपर्ने जिकिर गर्दै आएका थिए । मन्त्री परिषदको वैठकपछि संचारकर्मीसगँ कुरा गर्दै संचारमन्त्री राजकिसोर यादवले नयाँ प्रहरी महानिरिक्षक नियुक्तीमा कुनै विवाद नभएको जिकिर गरे ।
दुवैको अडानका कारण नयाँ महानिरिक्षक टुङ्गो लाग्न नसक्दा एक महिनाअघि नै बिदा बस्नुपर्ने महानिरिक रवीन्द्रप्रताप शाह अन्तिम दिनसम्मै कार्यलय आउनुपरेको थियो । रानालाई महानिरिक्षक बनाउन प्रधानमन्त्री भट्टराईले निकै कसरत गर्नुप¥यो । गच्छदारले आफुले भनेको व्यक्ति नभए गठवन्धन तोड्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले त्यसको जवाफमा उल्टै राजीनामा मागेको स्रोतले वताएको छ । प्रधानमन्त्रीको ठाडो जवाफ आएपछि गच्छदार रानालाई स्विकार्न वाध्य भएको वताइएको छ । गच्छदारलाई मनाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफै सिहंदरवार पुगेका थिए । मन्त्रिपरिषद वस्नुअघि दाहाल र गच्छदारविच लामै गोप्य वार्ता भएको थियो । त्यसपछि माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्राई र गृहमन्त्री गच्छदारविचको त्रिपक्षिय वार्ता भएको थियो । त्रिपक्षिय वार्ताले सफल भएपछि रानाको महानिरिक्षक वन्ने सपना पुरा भएको हो । गच्छदारको अडानमा सत्तामा सहभागि मधेशी मोर्चामा आवद्ध दलहरु नै एक नभएपछि गच्छदार प्रधानमन्त्रीको प्रस्ताव स्विकार्न वाध्य हुनुपरेको विश्लेषण पनि गरिएको छ । प्रहरी संयन्त्रमा रहदाँ अधिकांश समय प्रशासनिक क्षेत्रमा काम गरेका राना कुनै आर्थिक हिनामिनामा नपरेका अधिकृतका रुपमा परिचित छन् । जनजाती समुदायवाट आएका रानालाई सोझो प्रहरी अधिकृतका रुपमा पनि लिइने गरिन्छ । पछिल्लो समयमा मानवअधिकार उल्लंघनको आरोप लागेपनि भर्खरै सर्वोच्चले उनीमाथी लागेको अभियोगमा सफाई दिएको थियो । मानविकी संकायमा स्नातक गरेका रानासगँ प्रहरी अधिकृत विशेष तालिम, अपराध अनुसन्धान, प्रशिक्षक, भीभीआईपी सुरा कमाण्ड तालिम लगायतको अनुभव छ ।।Power News