BREAKING : निर्देशक ज्ञानेन्द्र देउजाद्धारा आत्महत्याको प्रयास


निर्देशक ज्ञानेन्द्र देउजाले आज दिउसो एक बजे आत्महत्याको प्रयास गरेका छन् । गोकर्ण नजिकैको जगडोल जंगलमा रेडबुलमा बिष हालेर खाँदै गरेको अवस्थामा प्रहरीले भेटे पछि उनलाई गोकर्ण नजिकैको नेपाल मेडिकल कलेजमा लगेको छ ।

ज्ञानेन्द्रलाई अहिले ICU मा भर्ना गरिएको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको बुझ्नमा आएको छ । उनले आत्महत्याको प्रयास गरेको कारण खुल्न सकेको छैन । उनले छबिलाल कन्जुस छैन, हिफाजत, खुशी, मुनामदन जस्ता फिल्महरू निर्देशन गरेका छन् । उनको स्वास्थ्यमा सुधार आएको छ ।

ज्ञानेन्द्रलाई अहिले केही खाना पनि खुवाइएको छ । डाक्टरले सम्बन्धित परिवारलाई चिन्ता नलिन भनेका छन् । यसको अझ थप जानकारी हामी केही बेरमा अप्डेट गर्ने छौ ।
Credits