By:Pradeep Bhujel
कुनै समय चियापसलदेखि पत्रिकासम्म, नेतादेखि जनस्तरसम्म राष्ट्रिय बहस नै बनेको थियो, मिस नेपाल प्रतियोगिता । प्रतियोगिताका समर्थकहरू ‘बौद्धिकता र सौन्दर्य’ को परीक्षा र अवसरको ‘प्लेटर्फम’ भएको दाबी गर्थे भने यसका विरोधीहरू बहुराष्ट्रिय कम्पनीको सामान बेच्ने विशुद्ध विज्ञापनको साधन र नग्नताको व्यापार । होटलहरूमा ठूलाठूला सेमिनार भए । सडकमा मूर्दाबादका नारा घन्किए । सडकमा लेखक-साहित्यकार ओर्लिए । बढी बामपन्थी र महिलावादीहरू ओर्लिए । प्रतियोगिताका विरोधीका टाउकामा पुलिसका लठ्ठी बजारिए । सडकमा टायर बालिए । सुन्दरी प्रतियोगिताको उग्र विरोधी माओवादीकै कारण सन् २००८ को मिस नेपाल प्रतियोगिता स्थगित नै भयो । समय बदलिएको छ । सुन्दरी प्रतियोगिताले त्यस्तो कुनै असुविधा खेप्नु परेको छैन । यही वर्षको वैशाख २४ गते काठमाडौंमा सम्पन्न मिस नेपाल २०१२ मा विजयी हुनुअघिसम्म सृष्टि लन्डनमा रमाइरहेकी थिइन्। लन्डनमा बसेर मोडलिङलाई करियर बनाइरहेका बेला मिस नेपालको मुकुट पहिरिएपछि सृष्टिले अन्तर्राष्ट्रिय चर्चा पाइन्। चर्चासँगै यतिबेला उनी चीनको इनर मंगोलियाको ओरडस पुगेकी छिन्।
सौन्दर्य प्रतियोगिता समाजसेवा कि व्यापार ?
सन् १९९४ मा मिस नेपाल प्रतियोगिता सुरू भएको हो ।मिस नेपालको आयोजक हिडन ट्रेजर नामक गैर नाफामुखी गैरसरकारी संस्थाका म्यानेजिङ डाइरेक्टर गिरेन्द्र राजवंशीको धारणामा मिस नेपालको आयोजना समाजसेवा हो । मिस नेपाल आयोजना गरेर आफूहरूले युवा जोश र जाँगरलाई प्लेटर्फम दिएको उनको दाबी छ । वर्षमा एकपटक मिस नेपालबाहेक यो संस्थाले अन्य सेवाका काम गरेको समाचार त्यति सुन्न पाइएको छैन ।
विश्वमा नेपाल धेरै विश्लेषणबाट चिनिन्छ । शान्तिका दूत बुद्धको जन्मस्थल, सर्वोच्च शिखर सगरमाथा -माउन्ट एभरेस्ट), वीर गोर्खाली, हिमाल, विविध जाति र भाषाको देश नेपाल । अब सुन्दरीको देशको रूपमा परिचित बन्दैछ । जहाँजहाँ नेपाली पुगेका छन्, त्यहाँत्यहाँ सुन्दरी प्रतियोगिता सुरू हुन थालेका छन् । हङकङ त नेपाली सुन्दरी प्रतियोगिताका लागि मलिलो मुलुक नै बनेको छ । त्यताबाट नेपाली ग्ल्यामर क्षेत्रमा पनि धेरै मोडल, कलाकार भित्रिसकेका छन् । नेपालमा बसोबास गर्ने भारतीय मूलका युवतीलाई समेटेर नेपालमा ‘मिस इन्डिया वल्र्डवाइड’ हुँदैआएको छ । यस्तै, ‘मिस नेपाल यूएसए’, ‘मिस नेपाल हङकङ’, ‘मिस नेपाल यूके’, ‘मिस नेपाल अस्टे्रलिया’ आदि टाइटलमा विदेशमा पनि नेपाली सुन्दरी खोज्ने कार्य बढ्दै गएको छ ।(पत्रकार दीपक विहीनको लेखाजोखा ।गोरखापत्र)