By:Pradeep Bhujel
‘मुस्ताङ म्याक्स’ हैन ट्रयाक्टरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई , प्रधानमन्त्रीको गाउ प्रेम र चेपांग वस्तीको सपना ।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई चितवन भ्रमणका क्रममा सिद्धि गाविस पुग्नुभएको थीयो । खोलामा बाढी आएका कारण प्रधानमन्त्रीको गाडी लैजान नमिलेपछी वहांलाई ट्रयाक्टरमा लगीएको हो । त्यंहा प्रधानमन्त्रीले चेपांगहरु संग अन्तरक्रिया गर्नु भयो ।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले विगतका कमी कमजोरी हटाएर सरकार अगाडी बढ्ने बताउनु भएको हो । विकट चेपाङ्ग बस्ती चितवनको सिद्धिमा चेपाङ्गहरुसँग घेटघाट गरी विभिन्न कार्यक्रममा सरिक हुँदै उहाँले मुलक संक्रमणकालमा गुज्रिरहेको भन्दै उहाँले विगतमा केही कमिकमजोरी भएको स्वीकार गर्नुभयो । अबका दिनमा त्यसलाई सच्चाएर अगाडी बढ्ने दृढता समेत उहाँले व्यक्त गर्नुभयको थीयो ।