By:Pradeep Bhujel
शरीरमा कछाडबाहेक कुनै लुगा छैन । जाडो होस् वा गर्मी जहिल्यै सिद्धीका ८३ वर्षीय बन्दीपुरे चेपाङ कछाडको भरमा ५ वर्षदेखि ओडारमै दिनरात बिताउँदै आएका छन् । मकै फलाउन फँडानी गरेको खोरियाको कुनाको सानो ओडारलाई उनले आफ्नो बासस्थान बनाएका छन् । झरी पर्ने बेला निथु्रक्क रुझेर पनि उनी ओढारमै रहन्छन् ।
खोरियानजिकै नातिले गोठ बनाएका छन् । उनी भने ओडारमै हुन्छन् । ‘घरमा बसौं साँघुरो छ,’ उनले भने, ‘बाचुन्जेल यही ओडारमा बस्छु ।’ पैदल १ घन्टा दूरीको घरबाट सन्तानले खाना ल्याइदिए खान्छन् । नत्र भोकै बस्ने गरेको उनले बताए । बन्दीपुरेका २ छोरा, २ छोरी र श्रीमती छन् । काठले छाएकाले घर चुहिन्छ । शरीर ढाक्ने एकसरो कपडा गरिबीकै कारण उनले किन्न सकेका छैनन् । कम्मरमुनि सानो लगौटी लगाएर बसिरहन्छन् । ‘भोकले अत्तालिएपछि माग्न जान्छु,’ उनले भने, ‘माग्न पनि नसकेका बेला कन्दमूल खोजेर खान्छु ।’
अधिकांश समय ढुंगाको ओछ्यानमा सुतेर बिताउने उनले सुनाए । मागजोग गरेर ल्याएको अन्न उनी यही ओडारमा पकाएर खान्छन् । आफूलाई परिवारले समेत त्यति चासो नदिएको उनले बताए । उनी पानी परोस् वा घाम लागोस् यहीँ सुत्छन् । यतिबेला दिनहुँ झरी परिरहेको छ । झरीले चुटेपछि नातिले बनाएको गोठमा ओत लिन पुग्छन् । सानोतिनो पानी पर्दा ओडारमै बस्ने गरेको उनले सुनाए ।
ओडार आसपासमा बस्ती छैन । घर पुग्न एक घन्टा लाग्छ । ‘गरिबीका कारण अघिदेखि नै सबै परिवार अट्ने घर बनाउन सकिनँ,’ उनले वेदना सुनाए, ‘छोराछोरीलाई घर छाडेर ओडारमा बस्न आएको हुँ ।’ अब घर नजाने उनले बताए । कहिलेकाहीँ मागेर ल्याएको चुरोटका भरमा रात काट्ने गरेको उनी सुनाउँछन् । चुरोट मन पराउने हुँदा आकलझुकल गाउँमा आउने नयाँ पाहुनाले चुरोट दिँदा निकै खुसी लाग्ने उनी बताउँछन् । कान्तिपुरमा प्रकाशित