By:Pradeep Bhujel
अपडेट खबर : सुनिल दाहाल::काठमाडौँ, ३० साउन । पूर्वमन्त्री एबम नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का भष्टाचारी ठहरीएका छन् । मन्त्री खड्कालाई सर्बोच्च अदालतले डेढ वर्ष कैद ९४ लाख ७४ हजार १२२ रुपयाँ जरिबाना गर्ने निर्णय गरेको छ । पाच वर्षदेखि सर्बोच्चमा विचाराधीन मुद्दा लामो बहसपछी किनारा लागेको हो । न्यायाधीसहरु कल्याण श्रेष्ठ र को वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई भ्रष्टाचारी ठहर गरेको हो । २०४८ सालपछि पटकपटक मन्त्री बनेका खड्काले पदको दुरुपयोग गरी दुई करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सार्वजनिक पदमा प्रवेश गरेपछि हटेसम्मको अबधिमा खड्काको २ करोड ७५ लाख ९८ हजार २ सय ६४ सम्पत्ति रहेकामा ३९ लाख १० हजार ६ सय ३९ रुपैयाँ ८१ पैसा सम्पत्तिको मात्र स्रोत खुलेको अख्तियारको दावी छ । अदालतले खड्कालाई जेल चलन गर्ने निर्णय गरेपछी उनका समर्थकले अदालत आसपासमा नारा जुलुस गरेका छन् । खड्कालाई भष्टचारी ठहर गरेको निर्णयको बिरोधमा उत्रीएका तरुण दलका कार्यकर्ताले ना १ झ ६२७ नम्बरको प्रहरीको भ्यान तोडेका छन् । उनीहरुले माइतीघरमा बा १ छ ७६४९ नम्बरको ट्याक्सी पनी तोडफोड गरेका छन् । फैसलापछि खड्का समर्थकहरुले झण्डासहित नाराबाजी गरेका कारण तनावग्रस्त छ। फैसला वीरुधा उता माईतीघर तानाबग्रस्था भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । दिनभर उनका समर्थक भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल लगायका स्थानमा जम्मा भएर बसेका थिए । खड्काका समर्थक जम्मा हुन थालेपछि सर्वोच्च अदालत परिसर, माइतीघरदेखि सर्वोच्च र सिंहदरबार पश्चिम गेटसम्मै सुरक्षाकर्मीले कडा निगरानी राखेका थिए । मुद्दा सुनुवाई जारी रहदा सर्वसाधारणलाई अदालत प्रवेशमा रोक लगाइएको थियो भने अदालत वरपर हिड्न र उभिन पनी प्रहरीले दिएको थिएन । प्रवेश पास हेरर मात्र सन्चारकर्मीलाई भित्र पठाईएको थियो ।
कङ्ग्रेसको युवा संगठन तरुण दलले खड्कालाई दोषी ठहर्याए आन्दोलन गर्ने घोषणा गरेकाले अदालतमा प्रहरीले कडा निगरानी गरेको हो । भिडकै कारण सुनुवाई हुने समय इजलासको ढोकासमेत खोलिएको थिएन । खड्कको मुद्दा हेर्ने बेन्चमा रहेका अन्य मुद्दाको सुनुवाई समेत आज स्थगित गरिएको थियो । खड्का विरुद्ध २ करोड ३६ लाख भ्रष्टाचार गरेको र खड्काकी श्रीमती र छोरीको नाममा रहेको सम्पतीको पनि स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।विशेषका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले खड्काको १२ लाख रुपैयाँको मात्र स्रोत नखुलेको र त्यो रकमलाई अवैध भन्नु नपर्ने भन्दै २०६३ साल कात्तिक २९ मा सफाइ दिएको थियो।
सरकारी वकिल र दुवै पक्षको बहस सकिएपछि साउन १६ मा खड्का र न्यायाधीशद्य कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले साउन ३० मा फैसला मिति तोकेको थियो । विशेषको फैसला नियोजित रूपमा खड्कालाई उन्मुक्ति दिने खालको भनी अख्तियारले २०६३ साल चैत १५ मा सर्वोच्चमा पुनरावेदन दिएपछि पाँच वर्षपछि मुद्दा फैसला भएको हो । खड्काको लगायत तीन दर्जन भ्रष्टाचार मुद्दा २०६३ सालमा दर्ता भए पनि सर्वोच्चमा सुनुवाइ नभई थन्किएका थिए। डेढ वर्षअघि पूर्वप्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश सुशिला कार्कीले खड्काको मुद्दामा विपक्षी ‘झगडिया झिकाउने’ आदेश दिएपछि सुनुवाइ सुरु भएको थियो। विशेषले सफाइ दिएका पूर्वमन्त्री चिरञ्जिवी वाग्ले, तत्कालीन संचारमन्त्री जयप्रकाश प्रसाद गुप्ता लगायतलाई सर्वोच्चले भ्रष्टाचारी ठहर गर्दै जेल पठाइसकेको छ ।