By:Pradeep Bhujel
रौतहट, ३० साउन । रौतहटको अकोल्वा गाउं बिकास समितिमा गएराती गोलि प्रहारबाट एक दम्पतिको हत्या भएको छ । १०–१५ जनाको समुहमा आएका हतियारधारी डांकाहरुको समुहले अकोल्वा गाबिस–८ का शेष जफार र उनकी श्रीमती साहना बेगमलाई गोलि हानी हत्या गरेका हुन् ।
जफारको कन्चट र बेगमको घाटीमा गोलि लागेको छ । मृतकका १० जना छोरा छोरी रहेका छन् । हतियारधारीहरुको प्रतिकार गर्ने क्रममा दुई स्थानीय गाउंले घाईते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनकै दाजु शेष मोबारक र दाजुको साला शेष दिनरलाई पक्राउ गरेको छ ।
पहिलेदेखिनै दाजु भाईको जग्गा बिबाद रहेको र घटना हुने क्रममा कागजपत्र मागेकोले पनि भारतीय अपराधी बोलाएर हत्या गराएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।