भटाभट जेलतिर बसाईं सर्दै भ्रष्टाचारी पूर्व मन्त्रीहरु

By:Pradeep Bhujel














कांग्रेस नेता एवं पुर्व मन्त्री खुमबहादुर खडकालाई सर्वोच्च अदालतले भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७५ हजार जरिवाना र त्यही बराबरको बिगोको फैसल गरेको हो । खड्कामाथी पटक-पटक पदको दुरुपयोगगरी २ करोड ३६ लाख ८७ हजार बराबरको अवैध सम्पत्ति आर्जन गरेको र खड्काकी श्रीमती र छोरीको नाममा रहेको सम्पतीको पनि स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको थियो ।
त्यतिखेर खड्कालाई विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर जबराको इजलासले २०६३ कार्तिकमा सफाई दिएको थियो । उक्त फैसला विरुद्ध अख्तियारले खड्का विरुद्ध २०६३ चैतमा सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
सार्वजनिक पदमा रहेका बेला भ्रष्टाचार गरेको अभियोगमा यसअघि पनि पूर्वमन्त्रीहरू चिरञ्जीवी वाग्ले र जयप्रकासप्रसाद गुप्ता पनि जेल परिसकेका छन् । वाग्ले जेल सजाय पूरा गरेर घर फर्किएका छन् भने गुप्ता अहिले पनि जेलमै छन् । केही दिन अघी पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गर्दै विशेष अदालतले डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार जरिवानाको फैसला सुनाएको थीयो । फेरि एकअर्का पूर्वमन्त्री भ्रष्टाचारी ठहर हुँदै जेल यात्रामा लागेका छन् । यसले नेपाली राजनीतिज्ञको छवि फेरि धुमिल्याएको छ ।
सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्ने लाई जम्मा डेढ वर्ष कैद सजाई..तपाई के भन्नु हुन्छ ??