कुहिएको मासु खुवाउने फास्टफुड क्याफेमा सिलबन्दी


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको अनामनगरस्थित युनिक फास्ट फुड क्याफेमा सिलबन्दी गरेको छ । विभागले उसलाई तीन दिनभित्र विभागमा उपस्थित हुन पत्र समेत बुझाएको छ । चाउमिनमा सलाईको काटी र पानीको बोतलमा लेउ भटिएपछि उपभोक्ताले उजुरी गरेका थिए । उजुरीपश्चात् विभागबाट गएको अनुगमन टोलीले अनुगमनका गर्दा प्रयोग हुने मासु गन्हाएको, भान्सा फोहोर, फ्रिज फोहोर, खानेकुरामा ढुसी परेको भेटिएको विभागका खाद्य निर्देशक मदन चापागााईले जानकारी दिनुभयो । क्याफेमा राखिएको २५ केजी कुखुराको मासु समेत नष्ट गरिएको छ ।