वेश्यालय बन्दै गेस्ट हाउसहरु
यौनव्यापारको निम्ति विश्वमा कैयन् वेश्यालय छन् । कतिपय मुलुकमा वेश्यालयको संचालनले कानुनी मान्यता पाएको छ भने हाम्राजस्ता कतिपय देशमा लुकिछिपी विभिन्न रुपमा यौनकोठीहरु संचालित छन् ।
कतिपय देशमा राष्ट्रिय आम्दानीको मुख्य श्रोत बनिरहेको अवस्था छ र यौन व्यापार ठूलो उद्योगको रुपमा स्थापित भैरहेको छ । उद्योगको रुपमा वेश्यावृत्ति विकशित भएपछि विभिन्न देशमा यो क्षेत्रमा पनि एक से एक प्रयोग भैरहेका छन् ।
नेपालमा यौनव्यापा अवैध मानिन्छ । अवैध यौनव्यापार नियन्त्रणका लागि प्रहरीले छापा मार्ने गरेको छ र यौनजन्य कार्य गर्नेलाई नियन्त्रणमा लीने गरेको छ । होटल लज तथा रेस्टुरेन्ट व्यवसायीले व्यावसाय सञ्चालसम्बन्धी आचारसंहिता बनाए पनि कतिपयले त्यो आचारसंहितालाई पालना नगरेको अनुगमनका क्रममा फेला परेको छ । राजधानी तथा यस आसपासका क्षेत्रमा झन्डै ५०० जना सङ्गठित यौन व्यवसायी क्रियाशील रहेको बताइएको छ ।