By:Pradeep Bhujel
लण्डनमा जारी विम्बल्डन टेनिसको पुरुषतर्फको उपाधि सातौ पटक रोजर फेडररले जितेका छन् । फाइनल खेलमा स्वीस खेलाडी फेडररले ब्रिटिस नम्बर एक एन्डी मुर्रेलाई पराजित गरेका हुन्। पहिलो सेटमा मुर्रेले ४–६ ले अग्रता लिएपनि दोस्रो सेट ७–५ र तेस्रो सेट ६ –३ ले आफ्नो पक्षमा पार्दै फेडररले मुर्रेलाई दबावमा रखेका थिए। अन्तिम सेट मुर्रेले ६–४ ले गुमाएका थिए।
मुर्रेको यो हारसंगै ७६ वर्षपछि बेलायतलाई उपाधि दिलाउने आशा निराशामा परिणत भयो। यता जितसंगै फेडेरर विश्व वरियताको शीर्ष स्थानमा प्रवेश गरे। फेडेररले यसअघि पिट साम्प्रासले बनाएको अग्रस्थानमा रहने कीर्तिमान बराबरी गरेका छन्। विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै फेडेरर आठौ पटक फाइनलमा प्रवेश गरेका थिए भने फेडेररसंगको भेट पक्का गर्न मुर्रेले सेमिफाइनलमा जो विल्फेड सोङ्गालाई पराजित थिए।