By:Pradeep Bhujel
काठमाडौ, साउन २० । व्यक्तिगत प्रदर्शनमा सुधार गरेपनि नेपाली धावक तिलकराम थारु लण्डन ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् ।
एथ्लेटिक्सको एक सय मिटर दौडको प्रारम्भिक चरणमा आज १० दशमलव ८५ सेकेण्डको समय निकाल्दै थारुले आफ्नो व्यक्तिगत प्रदर्शनमा शुन्य दशमलव १५ सेकेण्डले सुधार गरेका हुन् ।
यसअघि उनको सर्वोत्कृष्ट समय ११ सेकेण्डको थियो । थारुको बहिर्गमनसंगै लण्डन ओलम्पिकमा नेपालको पदक संभापना समाप्त भएको छ ।
ओलम्पिकमा सहभागी अन्य ४ नेपाली खेलाडी यसअघि नै बाहिरिसकेका छन् । पौडीमा श्रेया धितालले राष्ट्रिय किर्तिमान कायम गर्नु बाहेक अन्यको प्रदर्शन फितलो रह्यो