By:Pradeep Bhujel
काठमाडौं, साउन २५ । सत्रौं राष्ट्रिय तथा उमेरसमूह पौडी प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन बिहीबार पुरुषको १ हजार ५ सय मिटर फ्रिस्टायलमा काठमाडौंका शिरिष गुरुङले नयाँ किर्तिमान बनाएका छन् । १४ वर्षिय शिरिषले निर्धारित दूरी पूरा गर्न १९ मिनेट ४८ दशमलव १६ सेकेन्ड समय लगाए ।
उनले कीर्तिमानी स्वर्णसहित प्रतियोगितामा कूल १० स्वर्ण, १ रजत र १ कांस्य पदक जिते । १ हजार ५ सय मिटर फ्रिस्टायलमा यसअघि जयप्रकाश गुरुङको नाममा २३ मिनेट १२ दशमलव ३८ सेकेन्डको कीर्तिमान थियो । उनले १९८४ मा काठमाडौंमा भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को पहिलो संस्करणमा यो कीर्तिमान बनाएका थिए ।