By:Pradeep Bhujel
काठमाडौं, भदौ २ । बेलुका सार्वजनिक गाडी नपाइने चिन्ताले दिन ढल्कँदै जाँदा कामै छाडेर हिँड्नुपर्ने बाध्यताबाट राजधानीका कामकाजीले छुट्कारा पाएका छन् । काठमाडौ महानगरपालिका कार्यालय र यातायात व्यवसायीको लामो प्रयासपछि काठमाडौं र ललितपुरका केही क्षेत्रमा आजदेखि तीन घन्टा रात्रिबस सञ्चालन सुरु भएको छ । ६ महिनाको आन्तरिक तयारीपछि यातायात व्यवसायीसँग मिलेर महानगरले बस चलाउन सुरु भएको हो ।चक्रपथ लगायत काठमाडौं र ललितपुरका पाँच रुटमा बेलुका आठ बजेदेखि राति ११ बजेसम्म १४ वटा वस सञ्चालन हुनेछन् ।
चक्रपथ रुटमा कलंकी र कोटेश्वरबाट चार बस गड्नेछन् भने भित्री बाटोमा वीर अस्पताल अगाडिबाट कलंकी, कोटेश्वर, गंगालाल हृदय केन्द्र बाँसबारी जोरपाटी र लगनखेल हुँदै सातदोबाटो रुटमा बस गुड्ने छन् । महानगर र व्यवसायीको सम्झैताअनुसार पाँच रुटमा एकातिरबाट बस छुटेपछि त्यसको अर्कापट्टिबाट पनि अर्को बस एकै समयमा छुट्नेछन् ।

प्रत्येक बसमा हतियार र सञ्चार साधनसहितका दुई सुरक्षाकर्मी राख्ने व्यवस्था गरिएको छ । ती बसमा सिसिटिभी जडान गरिएको छ । बस रोक्ने ठाउँमा सुरक्षाकर्मी परिचालन र सौर्यबत्ती जडान गरिने भएको छ ।