आफ्नै अपहरणको नाटक, प्रहरी समेत हेरेको हेर्यै


जब मानिसको टाउकोमा रीनको बोझ पर्छ तब उसले सो बोझबाट मुक्ती पांउन कतिसम्म गर्न सक्दो रहेछ भन्ने कुराको पछिल्ला उदाहरण बनेका हुन् रौतहटका व्यापारी राजेन्द्र पौडेल । चन्द्रनिगाहपुरमा दाना व्यापार गरी बसेका पौडेल किसानहरुको मकै बापत तिर्न बांकी करिब ६० लाख रुपैया तिर्न नसक्ने अवस्था आएपछि आफ्नो अपहरणको नाटक रचेका थिए । गत श्रावण ७ गते बेलुकी चन्द्रनिगाहपुर बाट आफ्नो घर डुमरिया गा.वि.स. चेतनगर जान भनि हिडेका र अल्टोकीको नहरबाट अपहरण गरिएको भनि नाटक रचेका थीए ।
प्रकाउ पछि पौडेलले आफ्नो घर,परिवार,आफन्त कसैसंग कुनै सम्पर्क नरहेको र बाध्यतामा परेर यस्तो गर्नु परेकोजानकारी पत्रकारलाई दिदैं आफुले गल्ति गरेको र कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताए ।