बैतडी, असोज ६ -मंगलबार साँझ तीजको पूजामा जाँदै गरेकी एक बालिकको चितुवा आक्रमणबाट ज्यान गएको छ । विशालपुर ७ का भानदेव भट्टकी ११ वषर्ीया छोरी चम्फाको घर नजिकै चितुवाले आक्रमण गर्दा ज््यान गएको हो । साताअघि गोेठालो गएका बेला विशालपुर २, रोकटाका ८ वषर्ीय सुरज लुहार चितुवाको सिकार बनेका थिए । राति ९ बजेतिर तीजका लागि आमासँगै छिमेकी घरमा पूजा गर्न जाँदै गर्दा चम्फालाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।साउन पहिलो साता पनि विशालपुर ७ मा चितुवाले एक बालकको ज्यान लिएको थियो । आँगनमा खेलिरहेका बेला असुरका शंकरदत्त भट्टका ५ वषर्ीय छोरा नवीन भट्टलाई आँगनमै आएर चितुवाले ज्यान लिएको हो । विशालपुर २ मा आँगनमा खेलिरहेका ४ वषर्ीय दीपेन्द्र चन्दलाई पनि चितुवाले आक्रमण गर्यो । रातभर बालकको खोजी गरे पनि बिहीबार गाउँनजिकै एउटा खुट्टा मात्रै भेट्टयिो । योसँगै तल्लो स्वराड क्षेत्रमा चितुवा आक्रमणबाट सिकार हुनेको संख्या १० पुगेको छ । सातामै दुई बालकको ज्यान लिएपछि दक्षिणी तल्लोस्वराडका विशालपुर र छिमेकी आधा दर्जन गाविसका बासिन्दा त्रसित छन् । आठ महिनायता चितुवाले त्यस क्षेत्रमा १० जनाको ज्यान लिएको छ । विशालपुरमा मात्रै पाँचजना सिकार भएका छन् । उदयदेव, कुलाव, पञ्चेश्वर, शिवनाथलगायत गाविसमा ७ जना चितुवाको सिकार भएका छन् । साँझ घरआँगनमै आएर केटाकेटी र महिलामाथि आक्रमण गर्ने गरेको स्थानीयले बताए । चितुवा हिंस्रक भएपछि स्थानीय बालबालिका घाँस, दाउरा र विद्यालय जान पनि डराएका छन् । ‘आँगनमै आएर मान्छे लैजान थाल्यो, एक्लै हिंड्न सकिने अवस्था छैन,’ विशालपुरका महेश भट्टले भने, ‘विद्यालय आउजाउ गर्नसमेत समस्या छ ।’ घरछेउ र आँगनमा आक्रमण गरेको स्थानीयले बताए । महाकाली नदी किनारको बाक्लो झाडीमा बस्ने चितुवा दिउँसै गाउँ पस्ने गरेको उनीहरू बताउँछन् ।स्थानीय प्रशासनले चितुवा नियन्त्रण वा मार्न प्रहरी र वन कार्यालयलाई निर्देशन दिए पनि कुनै पहल नभएको गुनासो गरेका छन् । साउन दोस्रो साता प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले चितुवा मार्न निर्देशन दिएको बताए ।
बैतडीमा चितुवाको आक्रमणबाट नौ महिनामा १० बालिकाको मृत्यु

Related Posts: