नेपाली कांग्रेस सत्ता हत्याउने दाउमा, छलफलमा व्यस्त


५ असोज,काठमाडौ। निर्वाचनमा जाने सहमति गरेपछिको नयाँ परिस्थितिमा नयाँ रणनितिको लागि नेपाली कांगे्रसले छलफलमा जुट्ने भएको छ । बिहान १० बजे सभापति सुशिल कोइरालाको निवास महाराजगंजमा अनौपचारिक बैठक बस्ने कांगे्रसले जनाएको छ । बैठकमा निर्वाचन हुने भनेपछि त्यसका लागि आवश्यक पर्ने प्रक्रिया र पार्टीको धारणालगायतका विषयमा छलफल गरिने छ । त्यस्तै गरि सहमतिय सरकारका विषयमा पनि विशेष छलफल हुने बताइएको छ । कांग्रसले चुनावी सरकारो नेतृ्त्व आफूले पाउनु पर्ने माग राख्दै आएको छ। 
कांग्रेसको हात माथि पार्ने गरि रणनिति बनाइने र चुनावी सरकारको नेतृत्व जसरी पनि हात पार्ने कांग्रेसी योजना लुकेको छैन् तर शेरबहादुर देउवा वा रामचन्द्र पोडले मध्ये एकलाई चुन्न भने कांग्रेसलाई सकस भइरहेको छ। 
पार्टी एकताको कारण देखाउँदै प्रधानमन्त्रीको दौडमा कांग्रेसबाट सभापति कोइराला नै मैदानमा उत्रन सक्नेलाई पनि इन्कार गरिएको छैन् ।