
असोज ३, अफगानिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत विदेशी कामदारलाई लक्षित गरी गराइएको आत्मघाती बम विस्फोटमा कम्तिमा १२ जना मारिएका छन् ।
राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत विदेशी कामदारलाई लिएर विमानस्थलतर्फ गइरहेको मिनिवसमा आत्माघाती विष्फोट गराइएको हो ।
घटनामा मारिनेमा अधिकांश विदेशी कामदार छन् । घटनालगत्तै सबै हवाई उडान रद्द गरिएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सक्रिय हिज्ब ए ईस्लामी नामक अतिवादी संगठनले विष्फोटको जिम्मेवारी लिएको छ