-होसियारी अपनाउऔ है: छापा मार्दा मरेका खसी फेला परे




काठमाण्डौं,असोज २७ । राजधानीमा मरेका पशु भित्र्याउने र मासु बिक्री गर्ने गरेको जानकारीका आधारमा गए राति थानकोट नागढुंगामा छापा मार्दा गाडीमा ओसार्दै गरिएका ४ मरेका खसी र १३ कुखुरा नियन्त्रणमा लिइएको छ। राति मरेका जनावर राजधानी भित्र्याइने गरेको सूचनाका आधारमा छापा मारिएको थियो।
मिनी ट्रकमा मरेका खसी राजधानी भित्र्याउँदै गर्दा महानगरीय प्रहरी प्रभाग, पशु सेवा विभाग र नागरिक न्यायिक उपभोक्ता मञ्चको टोलीले मरेको खसी र कुखुरा फेला पारेको हो।
नियन्त्रणमा लिइएका ४ वटा खसी र १३ कुखुरा पोस्ट मार्टमका लागि कालिमाटी प्रहरीले नियन्त्रण लिएको छ। मरेका जनावरको पोस्ट मार्टमपछि मात्रै के कारणले मरेका रहेछन् थाहा हुनेछ। मरेकासँगै जिउँदा खसीहरु पनि भएकाले बाटोमै मरेको अथवा मरेकै किनेर राजधानी भित्र्याउन लागिए खुल्न सकेको छैन ।


Credits