-पोर्चुगलमा खेतीपाती फैलाउदै नेपालीहरु(पौरखी हातहरु)

युरोपियन राष्ट्र पोर्चुगल गएका नेपालीहरू ब्यबशायिक खेतीमा लागेका छन । पोर्चुगलको राजधानी लिस्बोन भन्दा केहि टाढा मासुसा भन्ने स्थान मा नेपाली दाजुभाईहरुले सामुहिक कृषी फर्म सन्चालन गरेका छन् । यसअघी नेपाली हरुको सहकारी सस्था जस्मिन बुद्ध ले भाडा मा लिएको करिव ३ बिगाह जग्गा मा शुरु गरिएको फार्म सुचारु हुन नसकेपछी हाल ३ जना नेपाली हरु क्रमश रामभक्त न्योपाने, खेम केसी र गम बहादुर मगर ले नेपाली खुर्सानी को सफल उत्पादन गरेका छन । करिब ४५ हजार बोट मा लटरम्मै खुर्सानी फलेका छन ।  कृषक हरुका अनुसार यो सिजन मा ३०-३५ हजार किलो खुर्सानी उत्पादन भएको बताउद छ्न । नेपाल को भन्दा बिकसित कृषी प्रणाली भएका कारण काम गर्न सजिलो र प्रतिफल पनि राम्रो हुने बताउदछन किसान हरु । उत्पादित खुर्सानी को राम्रो मुल्य र बजार नपाईने हो कि भन्ने डर किसान हरुमा छ । कृषक खेम केसी ले पोर्चुगल लगायत स्पेन र बेल्जियम मा समेत बजार को खोजी भैरहेको बताउदछ्न । पोर्चुगलको बजारमा सिजन मा खुर्सानी खुद्रा मुल्य ४-५ युरो प्रती केजी र बेसिजन मा ८-९ युरो सम्म पुग्ने गर्दछ ।


Credits