सुमिनाले पाईन् सर्वाधिक मत



नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितीको लागि आज शनिबार भएको निर्वाचनमा सदस्य पदका लागि १० सदस्य निर्वाचित भएका छन् । सदस्य पदका लागि २० जना बिच भएको प्रतिष्पर्धामा बिजयी भएका १० सदस्यमा सुमिना घिमिरे, शंकर बिसी, सरोज केसी, मनोज श्रेष्ठ सुष्मिता कार्की, श्रीराम पुडासैनी, पुजना स्त्री, प्रदीप सिंह, बिजय देउजा र सुशिल पोखरेल रहेका छन् ।

मतदाता सदस्य ३८३ रहेकोमा जम्मा २७१ मत खसेको थियो जसमा नायिका सुमिना घिमिरेले सदस्य पदका लागि सर्वाधिक बढि १७६ मत प्राप्त गरिन् । अन्य सदस्यहरूमा मनोज श्रेष्ठले १६९, सुष्मिता कार्कीले ११६, शंकर बिसीले १३५, सरोज केसीले १३६, श्रीराम पुडासैनीले १०३, पुजना स्त्रीले १३१, प्रदीप सिंहले १२८, बिजय देउजाले १३३ र शुशिल पोखरेलले १५४ मत प्राप्त गरे ।

यस्तै अध्यक्ष सहित अन्य पदका लागि अहिले मत गणना भईरहेको छ । यता कोषाध्यक्ष र सह-कोषाध्यक्ष पदमा क्रमश आकाश खवास र निशा अधिकारी निर्बिरोध निर्वाचित भईसकेका छन् । अध्यक्ष पदका लागि नवल खड्का र गिरीधारी बाँस्तोला (सबिन) बिच प्रतिष्पर्धा भएको छ । 
Credits