काठमाडौं म्याराथनमा नेपाली सेनाको बर्चस्व




काठमाण्डौं,असोज २७ । काठमाडौंमा भएको म्याराथनको उपाधि नेपाली सेनाका कृष्ण बस्नेतले जितेका छन् । उनले निर्धारित दुरी २ घण्टा २९ मिनेट ४० सेकेण्डमा परा गर्दै उपाधि जितेका हुन् भने २ घण्टा ३१ मिनेट ३२ सेकेण्डमा दुरी पार गरेका सेनाकै ललितसिंह खत्री दोसे र २ घण्टा ३३ मिनेट ०६ सेकेण्डमा दुरी पार गरेका सेनाका उत्तम खत्री तेस्रो भए । ३७ किलोमिटरसम्म पहिलो स्थानमा रहेको राजेन्द्रसिंह भण्डारीको खुट्टामा चोट लागेपछि पछि परे । उनले चौथो स्थानमा दौड पुरा गरे ।
महिलातर्फ एपीएफकी कृष्णकुशोरी सिन्तकला पहिलो, सोनु जया राई दोस्रो र काठमाडौंकी सरस्वति खड्का तेस्रो भइन् । हाप म्याराथनमा आर्मीका कल्याण बानियाँ पहिलो, राजकुमार विस्ट दोस्रो र ज्ञानप्रसाद भट्टराई तेस्रो भए भने पहिलातर्फ एपीएफकी ब्रृन्दा देशार पहिलो, आर्मीका सरिता बासी दोस्रो र फ्रान्सकी ग्रेभी तेस्रो भइन् ।
Credits