एसीसी ट्रफीमा नेपाल र युएई बराबरीमा: संयुक्त विजेता


एसीसी ट्रफीमा नेपाल र युएईको खेल बराबरीमा: नेपाल र यएई संयुक्त विजेता । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी ट्रफी इलिट कपमा नेपाल र यएईबीचको खेल बराबरीमा सकिएको छ। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २४१ रन बनायो। २४२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै २४१ रनै बनायो।
नेपालले एसीसी ट्रफी २०१२ को विजयी भएपछि टिमका कप्तान पारस खड्का सँग फोनमा रोमाञ्चक खेलको कुरागर्दै |
Credits