प्रधानमन्त्रीले आज महोत्तरीको दलित बस्तीमा रात बिताउने


काठमाण्डौं,असोज २७ । प्रत्यक महिनाको १ दिन दलित तथा विपन्न व्यतिmको घरमा बास बस्ने सरकारको निति तथा कार्यक्रम अनुसार प्रधानमन्त्री डा बाबुराम भट्राई आज महोत्तरी जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दिउसो पौने चार बजे यतिएअरलाइन्सको बिमानबाट त्यसतर्फ जानलाग्नुभएको हो । अपरान्ह त्यहा पुग्ने बाबुराम भद्राई फुलगाह ६,स्थित मनरुवाका ६१ वर्षिय विसुनि मुसहरको घरमा बासबस्नुहुने उहाँको निजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री आफ्नो गाँउमा आउने भनेपछि मनरुवाका अल्पसंख्यक आदिवासी, मुसहर समुदाय तयारिमा जुटेका छन् ।
विसुनि मुसहरले प्रधानमन्त्रीलाइ आफ्नै घरको चुलोमा पकयको मरुवाको रोटि, घँुगि को तरकारि ,मसुलि चामलको भात र तरुवा ख्वाउने बताएकि छिन् । विसुनि मुसहर एकिकृत नेकपा माअ‍ेवादिको गाउँ कमिटिको सदस्य समेत रहेकि छिन् ।
प्रधानमन्त्रीसँग बास बस्नको लागी जग्गा, रोजगारिको अवसर, शान्ती सुरक्षको लागि प्रहरी चौकिको स्थापना र विद्युत आपुतिको माग गर्ने स्थनिय बासीन्दाले तयारि गरेका छन् ।
चेतना स्थर र गरिबि बाट आक्रान्त सो बस्तीका मुसहर हरुले काम पाउन छाडेपछि कामको खोजिमा भारतको हरियाणा र पंजाव जान थालेका छन् । सो बस्तीमा १४० घरधुरिमा मुसहर हरु रहेका छन् । मुसहरहरुको आफ्नै परम्परा, सँस्कार,रितिरिवाज ,भाषा र सँस्कृति रहेको छ ।

Credits