मूल्यबृद्धि तत्काल फिर्ता गर्न माग गर्दै प्रदर्शन


सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा आज पनि विद्यार्थीहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्। सरकारले गैरजिम्मेवार ढंगले मूल्य बढाई जनताको ढाड सेक्ने काम गरेको भन्दै उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न दबाव दिएका छन्। मूल्यवृद्धि फिर्ता नगरे देश नै ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन्।